काठमाडौँ, १२ भदौ । गैरआवासीय नेपालीहरुद्धारा प्रवद्र्धित बेष्ट रेमिट प्रालिले देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोबाट पीडित भएका नेपालीहरुको सहयोगार्थ राहत संकलन कार्यको थालनी गरेको छ ।
दरबार मार्गमा रहेको शेर्पा मल र बेष्ट रेमिटले संयुक्तरुपमा बुधबारबाट राहत संकलन थालेका हुन् ।
बाढी पीडितहरुलाई राहत दिन चाहनेहरुका लागि शेर्पा मलको प्रवेशद्धारमा संकलन केन्द्र नै स्थापना गरिएको छ ।
संकलन केन्द्रमा बेष्ट रेमिटका कर्मचारीहरुको संयुक्तरुपमा सहयोग रकम तथा राहत सामाग्री राख्दै बेष्ट रेमिटका प्रवन्ध निर्देशक श्याम तामाङले सो कार्यको थालनी गर्नुभयो ।
राहत सामाग्री सुदुरपश्चिममा आएको बाढी तथा पहिरो पीडितहरुका लागि लक्षित रहेकाले इच्छुक सवै राजधानीबासीलाई राहत सामाग्री उपलब्ध गराइदिन बेष्ट रेमिटका प्रबन्ध निर्देशक तामाङले आह्वान गर्नुभएको छ ।
संकलित राहत सामाग्रीलाई पीडित भएका क्षेत्रमा नै पुगेर आफैले हस्तान्तरण गर्ने तयारी गरिएको छ ।
कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत देशमा समस्या पर्दा जुट्नु परेको जानकारी दिदै बेष्ट रेमिटका प्रमुख संचालन अधिकृत अनिल कर्णले राहत संकलन कार्यलाई पारदर्शी राख्ने र समयमा नै हस्तान्तरण गर्ने बताउनुभयो ।















प्रतिक्रिया