भैरहवा, २३ भदौ । सशस्त्र प्रहरी बल राजस्व गस्ती डण्डाले भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागिएको सुन बरामद गरेको छ ।
बिहिबार दिउँसो ससस्त्र प्रहरी नायव निरिक्षक नारायण प्रसाद ढकालको कमाण्डमा खटिएको ११ जनाको टोलीले २० लाख १८ हजार १ सय पचहत्तर रुपैयाँ २० पैसा बराबरको सुन बरामद गरेको हो ।
करिब १ बजेको समयमा शान्तिगेट चेकप्वाईन्ट टोलीले रुपन्देहीको बेलहिया स्थित भैरहवा भन्सार कार्यालयको अगाडी (शान्तिगेट) ईलाकाबाट बरामद गरेको उक्त सुन ३३ दशमलब ८६२ तोला (२० वटा बाला) रहेको बताइएको छ ।
जिल्ला महाराजगंज करमहवाबुजुर्ग भारत बस्ने अन्दाजी वर्ष ४१ का उपेन्द्र मिश्रलाई शंका लागि चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा नेपाल र्फ भित्र्याउदै गरेको सुन बरामद गरेको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक शंकर खनालले जानकारी दिए ।
गुल्मपति खनालका अनुसार बरामद गरिएको उक्त सुन र आरोपी व्यक्तिलाई भन्सार एैन २०६४ को दफा ५७ बमोजिम चोरी निकासी, पैठारी अभियोगमा आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको छ ।
– माधब न्यौपानेबाट ।













प्रतिक्रिया