काठमाडौं, २३ भदौ । स्पोर्टिएस्ट एसयूभीका रुपमा अत्यधिक चर्चामा रहेको सुजुकी भिटारा ब्रेजा नेपालकै सर्वाधिक लोकप्रिय कार मध्य एकका रुपमा स्थापित भएको छ । कम्पनीका अनुसार सुजुकी भिटारा ब्रेजा सार्वजनिक गरिएको २० दिनभित्रै ७ सयभन्दा बढी बुकिङ भइसकेको छ ।
सम्भवत नेपाली बजारमा सार्वजनिक गरिएका कार मध्य यत्तिको सङ्खयामा बुकिङ हुन सफल यो नै पहिलो कार हो । भदौ १४ गते काठमाडौंको भृकुटी मण्डप स्थित प्रदर्शनी स्थलमा आयोजित नाडा अटो शो मार्फत सीजी नेक्स्ट जेनले उक्त कार नेपाली बजारमा सार्वजनिक गरेको हो ।
नाडा मार्फत सार्वजनिक गरिएको नयाँ भिटारा ब्रेजालाई कम्पनीले ६ भिन्न भ्यारिण्ट उपलब्ध गराएको छ । भिटारा ब्रेजाकोे शुरुवाती मुल्य रू. ३५ लाख ९९ हजार तोकिएको छ । सीजी नेक्स्ट जेन नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता हो । कम्पनीले भिटारा ब्रेजा नेपाली बजारमा सेग्मेण्टमै पहिलो पटक डुअल कलर स्किम सहित भित्र्यएको छ ।
के–के छन् कारका विशेषता ?
कारमा उत्कृष्ट कार्य क्षमता प्रदर्शनीका लागि डीडीआईएस २०० ईञ्जिन जडान गरिएको छ । डीडीआईएस २०० डिजल ईञ्जिनले ९० पीएस शक्ति र २४ दशमलव ३ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ ।
उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र स्पोर्टी बडी किट सहितको यस कारमा स्पोर्टी अलो ह्विल्स देखिने गरी मस्कूलर ह्विल आर्कको प्रयोग गरिएको छ । गतिशिलताको अनुभव दिन यसमा फ्लोटिङ रुफ डिजाइनको पनि प्रयोग गरिएको छ । यी लगायत अन्य आकर्षक डिजाइन फिचर्सले कारलाई पृथक तथा आकर्षक लुक प्रदान गर्न उल्लेख्य सहयोग गरेको छ ।
कारमा आन्तरिक सजावतका लागि पीयानो फिनिस सहित स्पोर्टी सिटको प्रयोग गरिएको छ । यात्रामा आरामदायी अनुभवका लागि कारमा सेग्मेण्ट अन्तर्गतकै ठूलो क्याविन र बुटस्पेस उपलब्ध गरिएको कम्पनीको भनाइ छ । कारमा चालक तथा यात्रुको सुरक्षार्थ पनि विशेष ध्यान दिइएको छ । यसका लागि कारमा कम्प्युटर एडेड डिजाइन प्रयोग गरिएको सुजुकी टीईसीटी प्रणाली जडान गरिएको छ ।
साथै, एयर ब्याग, एबीएस तथा प्रि टेन्सनर र फोर्स लिमिटर सहितक उपलब्ध छ । कम्पनीले कारमा बेष्ट इन क्लास फिचर्सका रुपमा एप्पल कार प्ले सहितको स्मार्ट प्ले ईन्फोटेनमेण्ट प्रणाली, क्रुज कन्ट्रोल, एण्टि पिन्च गार्ड पावर विण्डो लगायत फिचर्सहरु रहेका छन् ।
कारमा कि–लेस एण्ट्रि, स्टेरिङ माउण्टेड कन्ट्रोल, ब्लू टूथ, भ्वाइस कमाण्ड, ईञ्जिन स्टार्ट स्टप बटन, क्यामेरा सहितको पार्किङ सेन्सर, अटो एसी लगायत सुविधापनि उपलब्ध रहेको छ ।
















प्रतिक्रिया