१९ कार्तिक २०८३, बिहिबार

खोलाले बगाउँदा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ), २३ भदौ । तुलसीपुर नगरपालिकामा रहेको लाहुरे खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर नगरपालिका–१० का ४० वर्षीय खड्गसिंह वली रहेका छन् ।

खोला तर्नेक्रममा बुधबार बगेका वलीलाई खोजी गर्दैजाँदा आज बिहान मात्र शव तुलसीपुर नगरपालिका–३ को कुलोमा फेला परेको प्रहरी निरीक्षक खुमानन्द पाण्डेयले जानकारी दिनुभयो । उनको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ । रासस