काठमाडौं, २३ भदौ । राजधानीको चन्द्रागिरिमा पर्ने मातातिर्थस्थित चियान डाँडामा प्रहरी र हतियारधारी व्यक्तिबीच आज बिहान गोली हानाहान भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले मातातिर्थको चियान डाँडा हुँदै मकवानपुर जाने कच्ची सडकमा टाटासुमो गुडेको देखेपछि प्रहरीले शंका गरेर पछ्याउँदै गर्दा टाटासुमोबाट प्रहरीमाथि गोली प्रहार भएपछि प्रहरीको तर्फबाट पनि जवाफी फायर भएको बताए ।
हतियारधारी समूहले प्रहरीमाथि दुई राउन्ड फायर गरेका थिए । त्यसपछि प्रहरीले फायर खोलेको थियो । प्रहरीले फायर गरेपछि उनीहरुले गाडी छोडेर जंगलतिर भागेका थिए ।
एसपी कार्कीका अनुसार गाडीमा चारजना सवार रहेको र उनीहरुको खोजी भइरहेको छ । गाडीमा बन्द अवस्थामा रहेको सेफ फेला परेको छ । उक्त सेफमा बैंक अथवा वित्तिय संस्थाबाट लुटेर ल्याएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।












प्रतिक्रिया