१ कार्तिक २०८३, आइतबार

ओस्कारका लागि छानियो ‘कालोपोथी’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalo-pothi-1काठमाडौं । ‘कालोपोथी’ले ओस्कार अवार्ड २०१७ का लागि नेपाली चलचित्रको प्रतिनिधित्व गर्ने भएको छ । एकेडेमी अफ मोशन पिक्चर आटर्स एण्ड साइन्सेसद्वारा सन् २०१७ मा घोषणा गरिने ८९औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड)मा ‘कालोपोथी’ नेपलका तर्फबाट सहभागी हुनेछ ।

ओस्कारका लागि पठाउन पठाउन छनौटका लागि कालोपोथी, पशुपतिप्रसाद र को–आफ्नोवीच प्रतिस्पर्धा भएको थियो । विदेशी भाषी चलचित्र जाँचपास समितिले ‘कालोपोथी’लाई सिफारिस गरेको जनाइएको छ ।

एकेडेमी अवार्डका लागि सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरू रहेकामा प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मक बनोट आदिलाई दृष्टिगत गरेर ‘कालोपोथी’ छनोट भएको चलचित्र विकास वोर्डका सदस्य करण श्रेष्ठले जनाएका छन् ।

कर्णाली अञ्चलको बालबालिकाको कथा बोकेको ‘कालोपोथी’मा साना कलाकारहरूको अभिनय छ । जीवन्त अभिनय बोकेको ‘कालोपोथी’लाई सबैले मनपराइदिएका छन् ।