काठमाडौं, २३ भदौ । सरकारले पटक पटक बिबादमा आइरहने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई पदबाट हटाउने तयारी गरेको छ ।
कार्यसम्पादन राम्रो गर्न नसकेको भन्दै आलोचना बढेपछि काफ्लेलाई तीन महिना समयावधि हुँदै पदबाट हटाउन लागिएको उच्च स्रोतले जनाएको छ । काफ्लेलाई हटाउन उर्जा मन्त्रालयले आज बस्ने बस्ने भनिएको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजान लागेको बुझिएको छ ।
काफ्लेलाई पदबाट हटाएपछि उनको स्थानमा कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरिने स्रोतको भनाइ छ ।











प्रतिक्रिया