काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसद बैठकमा सम्बोधन गर्नु हुनेभएको छ ।
बिहान ११ बजेपछि बस्ने संसद बैठकमा दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि दाहालले संसदमा दोस्रो पटक सम्बोधन गर्न लाग्नु भएको हो ।
सम्बोधनका क्रममा दाहालले आफ्नो भारत भ्रमण, चीनका राष्ट्रपतिको नेपाल भ्रमण, मुलुकको पछिल्लो राजनीतिक अवस्था, भूकम्पपीडितका लागि राहत तथा पुनर्निर्माणलगायतका विषयमा केन्द्रित रहेर धारणा राख्ने बुझिएको छ ।
प्रधानमन्त्री दाहालले एक महिनापछि संसदमा सम्बोधन गर्नु लाग्नुभएको हो । उहाँले सम्बोधनका क्रममा राजनीतिक सहमतिका साथ संविधान संशोधनका लागि आह्वान गर्ने बताइएको छ ।











प्रतिक्रिया