१९ कार्तिक २०८३, बिहिबार

‘देश र समाज बनाउने वैज्ञानिक योजना एमालेसंग मात्रै छ’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-logo.jpgसल्यान, ६ भदौ । नेकपा एमाले दमाचौर गाउँ कमिटी सल्यानले सोमबार आज प्रशिक्षणात्मक भेला सम्पन्न गरेको छ ।

पार्टिका कार्यकर्ता र शुभचिन्तकको लागी एक दिने भेलाको आयोजना गरेको एमाले दमाचौरले जनाएको छ ।

भेलालाइ सम्बोधन गर्दै नेकपा एमाले सल्यानका अध्यक्ष हरी केसीले देश निर्माण र समाज बनाउने वैज्ञानिक योजना एमालेसंग मात्र भएको दाबी गरे । यहि वैज्ञानिक योजनाकै कारण जती बेला एमाले सरकारमा जान्छ, त्यतिबेला एमालेले देश र जनताको हितमा काम गर्ने गरेको जानकारी गराए । तर अरु दलले कहिलै पनि राष्ट्रहित र समाज निर्माणको खाका नै प्रस्तुत गर्न नसकेको उनले जनाए ।

अरु दलहरुले आफ्नो अस्तित्व सकिने डरले विदेशीको आडबलमा एमाले नेतृत्वको सरकार ढालेको पनि अध्यक्ष केसीले दाबी गरे । तर पनि एमाले कति पनि नडगमगाउने भन्दै केसीले एमाले नेपाली जनताको साथ, विश्वास एमालेलाई रहेको र सरकार ढालेको विरुद्धमा जनआवाजहरु देशभरबाट आइरहेको जनाए ।