काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको प्रमुख तीनदलको बैठकमा एमाले अध्यक्ष केपी ओली सहभागी नहुने भएका छन् ।
भारत भ्रमणको एजेण्डा तय गर्नको लागि प्रधानमन्त्री प्रचण्डले बुद्धिजीवि, परराष्ट्रविद तथा व्यवसायीसँग छलफलमा व्यस्त छन् ।
पछिल्लो राजनीतिक परिस्थिती र भ्रमणको एजेण्डा तय गर्नकै लागि भनेर प्रचण्डले प्रमुख दलको बैठक बोलाएपनि एमाले अध्यक्ष केपी ओली बैठकमा सहभागी नहुने ओलीको सचिवालयले बताएको छ ।
उपचारका लागि थाइल्याण्ड गएका कारण यो भन्दा अगाडी बोलाइएका प्रमुख दलको बैठकमा पनि ओली सहभागी थिएनन् । एमालेका अन्य नेता भने उक्त बैठकमा सहभागी हुने बताइएको छ ।












प्रतिक्रिया