२८ कार्तिक २०८३, शनिबार

थुनामुक्त कर्णेल कुमार लामाले बेलायतबाट बाबुरामलाई फोन गरेर के भने ?

37.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-kumar

काठमाडौं, २२ भदौ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बेलायतले नेपाली सेनाका महासेनानी कुमार लामालाई पक्राउ गरेर गरेको गम्भीर गल्ती अहिले थुनामुक्त गरेर सच्चाएको बताउनुभएको छ ।

उहाँले कुमार लामालाई बेलायतले थुनामुक्त गरेर आफ्नो गल्ति सच्चाएको बताउँदै भन्नुभयो – ‘आगामी दिनमा नेपाली सम्प्रभुता मिच्ने अपराध कसैले नगरोस् ।’

यसैबीच कर्णेल कुमार लामाले बेलायतबाट डा. बाबुराम भट्टराईलाई टेलिफोन गरेर भट्टराई नेतृत्वको सरकारले गरेको पहलप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

महासेनानी कुमार लामालाई थुनामुक्त गर्नको लागि तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले पहल सुरु गरेको थियो ।

लामालाई छुटाउनको लागि लाग्ने धरौटी र वकिल खर्च भट्टराई सरकारले उपलब्ध गराएको तत्कालीन महान्यायाधीवक्ता मुक्ति प्रधानले जानकारी दिनुभयो । साथै तत्कालीन सरकारले बेलायत सरकारलाई पत्राचार समेत गरेको थियो ।

विश्वव्यापी क्षेत्राधिकारको कानुन अन्तर्गत लामा (जनवरी २०१३) बेलायतमा पक्राउ परेका थिए । उहाँलाई माओवादी युद्धको बेला मानवअधिकार उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थिए । आरोप पुष्टि नभएपछि कुमार लामालाई बेलायतले हिजो थुनामुक्त गरेको हो ।