११ कार्तिक २०८३, बुधबार

प्रचण्ड सरकारलाई चीनले दियो झट्का, चिनियाँ राष्ट्रपति नआउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

art-xijinping-620x349काठमाडौं, २२ भदौ । अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ ।

त्यो आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिन पहिले नेपालका उच्च नेतृत्वलाई अवगत गराएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

चीनले नेपालको तर्फबाट भ्रमण सम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिँदै गएको नेपालसम्बन्धप्रति नयाँ सरकारले प्रतिवद्धता नदेखाएको उसको बुझाइसमेत अवगत गराएको थियो ।

अब चिनियाँ राष्ट्रपति सी २०१६ भित्र नेपाल आउने सम्भावना टरेको छ ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको अनौपचारिक जानकारी आएको छ’, एक उच्च सरकारी अधिकारीले भने ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल निकट स्रोतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा अनौपचारिक जानकारी आएको पुष्टी गरेको छ ।