काठमाडौं । बलिउडका चर्चित अभिनेता एवं भारतीय जनता पार्टीका सांसद सत्रुघ्न सिन्हा मंगलबार काठमाडौं आइपुगेका छन् ।
बुधबार राजधानीमा आयोजना हुने ‘एलजी सिने अवार्ड’को विशेष आतिथ्यताका लागि आएका सिन्हालाई अवार्ड आयोजक समितिका अध्यक्ष दिनेश डिसीले त्रिभुवन बिमानस्थलबाट स्वागत गरे । बिमानस्थल उत्रिएपछि आयोजित पत्रकार सम्मेलनमार्फत् सिन्हाले पहिल्यै एकपटक नेपाल आइसकेको स्मरण गराउँदै पुनः आउन पाउँदा खुसी लागेको बताए ।
आयोजक समितिका अध्यक्ष डिसीका अनुसार उनी बुधबार बिहान पशुपति दर्शनका लागि जाने, दिउँसो व्यावसायिक घराना चौधरी ग्रुपका सदस्यहरुसँग भेटघाट गर्ने, दिउँसो अवार्ड कार्यक्रममा सरिक भई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुका साथै बोल्ने कार्यक्रम रहेको छ ।
















प्रतिक्रिया