– मोहन पौडेल
परासी, २१ भदौ । सर्वाेच्च अदालतकी नवनियुक्त न्यायाधिश सपना प्रधान मल्ललाई माईती जिल्लामा सम्मान गरिएको छ ।
नेपाल बार एसोसियएसन नवलपरासीकी पूर्व उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता रहनुभएकी प्रधानलाई सर्वाेच्च अदालतको न्यायधिशमा नियुक्ती भएको खुशियालीमा उहाँलाई आज परासीमा सम्मान गरिएको हो ।
नेपाल वार एसोसियएन नवलपरासीले न्यायधिश सपना प्रधान मल्ललाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो । मल्ल सर्वाेच्च अदालतको न्यायधिशमा नियुक्त हुनुले नवलपरासीका सवै कानुन व्यवसायीको पनि गौरवको विषय भएकालाई उहाँलाई सम्मान गरिएको बार नवलपरासीका उपाध्यक्ष सरस्वती शर्माले बताउनुभयो ।
बार एसोसियएसन नवलपरासीका अध्यक्ष चेत प्रसाद शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै न्यायधिश सपना प्रधान मल्लले सम्मान गरेकोमा खुशी व्यक्त गर्दै आफनो कार्यकाल सफल पार्नका लागि सुझाव सल्लाहको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा कानुन व्यवसायीहरु मनोज हरिजन, बाबुराम खड्का, बाबुराम पौडेल, सुर्दशन पन्त, धन शर्मा, धुव्रराज नन्द, थिरलाल पराजुली लगायतले सफल कार्यकालको शुभकामना दिदैँ न्यायको गरिमालाई उच्च राख्न र स्वच्छ न्यायमा ध्यान दिन आग्रह गर्नुभएको बारका सचिव नसरुल्लाह अन्सारीले बताउनुभयो ।













प्रतिक्रिया