१ कार्तिक २०८३, आइतबार

बुढेसकालमा किन कलेज धाउन थाले दीपकराज गिरी र प्रियंका कार्की ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak-priyankaकाठमाडौं । आजभोली कलाकार दीपकराज गिरी र प्रियंका कार्की कलेज धाउन थालेका छन् ।

सोमबारदेखि उनीहरु चलचित्र ‘छक्का पन्जा’को प्रचार प्रसारका लागि राजधानीका विभिन्न विभिन्न स्कूल, कलेज धाउन थालेका हुन् । कलेजको प्रचार प्रभावकारी हुन्छ भन्दै आफुहरु कलेज कलेज धाउन थालेको कलाकार दीपकले बताए ।

दिपाश्री निरौलाद्धारा निर्देशित चलचित्र ‘छक्का पन्जा’मा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, बुद्धि तामाङ, जितु नेपाल, नम्रता सापकोटा, र वर्षा शिवाकोटीको अभिनय रहेको छ ।

चलचित्र यहि भदौ २४ अर्थात शुक्रबार देखि प्रदर्शनमा आउदैछ ।