काठमाडौँ, २१ भदौ । राजधानीको कलंकीमा एक युवतीको दिउँसै बलात्कार भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जवजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–१४ कलंकीमा डेरा गरी बस्ने नुवाकोट कुमारी–६ घर भएका १९ बर्षीय रविन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
न्यौपानेले सोमबार कलंकी डेरा गरी बस्ने धादिङ वेसीसहर घर भएकी १६ बर्षीया युवतीलाई निजकै डेरा कोठामा जवरजस्ती करणी गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया