१ कार्तिक २०८३, आइतबार

मोतीराम–सेतुराम सम्मान बूँद र सन्तोषलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Santosh Shresthaकाठमाडौं । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको ‘मोतीराम गजल साधना सम्मान, २०७३’ यसपटक अग्रज गजलकार श्री बूँद रानालाई तथा ‘सेतुराम संगीत साधना सम्मान, २०७३’ युवा संगीतकार तथा गजल अन्वेषक सन्तोष श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ ।

दुवै सम्मानको राशि ५–५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ । सो सम्मान आगामी भदौ २४ गते शिल्पी थिएटर, बत्तीसपुतलीमा विशेष समारोहबीच प्रदान गरिने अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले बताए ।