वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा बिशेष छायांकन गरिएको निखिता थापाको गीत सयौ आँखा भिडियो सार्बजनिक भएको छ ।
यस गीतका गीतकार दिनेश अधिकारी हुन् । गीत संयोजन तथा व्यवस्थापन हरि लम्सालले गरेका छन् ।
सेप्टेम्बर ५ तारिख डिसीबाट सार्बजनिक गरिएको यो गीत शम्भु कुमार तन्डुकारले अभिलेख गरेका हुन । गीतमा नेपालकि मोडल ज्योति क्षत्रीले नृत्य तथा अभिनय गरेकी छिन् ।
नृत्य सम्पादन युवा नृत्य निर्देशक नवीन केसीले गरेका छन् भने यसका निर्देशक लामो समयदेखि डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका बुद्ध लामाले गरेका हुन् ।
निर्देशक बुद्ध लामाले यसमा बिशेष सहयोग गर्ने समिर मानन्धर तथा छेकी साउरियाँतेलाई बिशेष धन्यबाद दिएका छन् ।















प्रतिक्रिया