मुम्बई । केही वर्ष अगाडि खान वा ओबराय हुने स्थितिसम्म पुगेकी ऐश्वर्या राय अहिले बच्चन भइसकेकी छन् । थाहा पाउनुहोस त्यो आवस्थासम्म पुगेर उनी कसरी बच्चन भईन् ? अर्थात उनी खान वा ओबराय हुन किन सकिनन् ?
ऐश्वर्या र सलमान खानको प्रेमको खबर नयाँ होईन तर तपाईहरुलाई थाहा होला सलमान खानसँग मनमुटाव भएर ऐश्वर्याले विवेकको हात समाएकी थिइन् । तैपनि यस्तो के भयो ऐश्वर्याले उनलाई पनि छोडेर गईन् ?
ऐश्वर्या सलमान खानसँग सम्बन्धमा हुनभन्दा पहिले हिरो राजीव मुलचंदानीकी प्रेमिका थिईन् । दुवैजना मोडलिङको क्रममा नजिक भएका थिए जतिखेरसम्म ऐश्वर्या पनि यत्ति चर्चित बनेकी थिईनन् ।
उनीहरुको यस्तो सम्बन्ध खासैलामो समयसम्म चलेन । ऐश्वर्याले राजीवलाई छोडेर अगाडि बढ्दै गर्दा ‘हम दिल दे चुके सनम’मा उनको सलमान खानसँग भेट भयो । त्यहाँबाट नै दुवैजनाको प्रेम बस्न थाल्यो ।
सन् १९९९ देखि २००१ सम्म यिनीहरुले एकअर्कालाई खुबै ध्यानपूर्वक हेरे । तर, सलमान खानकोे एउटा कुराले उनीहरुको प्रेम सम्बन्ध पनि अगाडि बढ्न सकेन् ।
सलमान खानले ऐश्वर्या रायको अगाडि नै कसम खाए म तिम्रो हुन सक्दैन्, अरु कसैको नै हुन लागे भनेर । सलमानले यत्ति भनेपछि ऐश्वर्याले सम्झिन् यो सम्बन्धलाई यहीँ नै समाप्त गर्न बेश होला । तर, सम्बन्ध समाप्त गर्न त्यति सजिलो भने थिएन् ।
ऐश्वर्याबाट टाढा भएका सलमानले आफ्नो रिस शान्त पार्न सकेनन् । ऐश्वर्या जहाँ शुटिङमा व्यस्त हुन्थिन् सलमान त्यहि पुगेर हाँगामा गर्दथे । यसैकारण ऐश्वर्यालाई धेरै नोक्सान भयो । जब फिल्म शुटिङ चल्दाचल्दै पनि सलमानको रिसको कारण शाहरुखले पनि ऐश्वर्यालाई हटाईदिए ।
२००२ मा एउटा अँग्रेजी पत्रिकालाई दिएको अन्तवार्तामा ऐश्वर्याले भनेकी थिइन्– सलमान र म अलग भईसके तर सलमानलाई यो थाहा छैन । ब्रेकअपपछि पनि सलमानले ऐश्वर्यालाई फोन गरेर गाली गर्थे ।’
सलमानले आफूमाथि प्रत्येक स्टारसँग सम्बन्ध भएको शंका गरेर आफूमाथि हातपात गर्दा आफू आफ्नो काममा लागेको र सलमानलाई छोडेको कुरा ऐश्वर्याले अन्तर्वार्तामार्फत खुलासा गरेकी थिईन् ।

जसोतसो सलमान खानबाट टाढा भएपछि उनको जीवनमा विवेक ओबरायको प्रवेश भयो । सलमानबाट परेशान भएकी ऐश्वर्यालाई विवेकको साथ राम्रो पनि लाग्यो । दुबै जनाले फिल्म ‘क्यों हो गया न’मा सँगै काम गर्ने बेला एकअर्कालाई प्रेम भएको महसुस भयो ।
दुबै जनाको प्रेम हुँदाहुदै ऐश्वर्याको ३०औँ जन्मदिनको अवसरमा विवेकले उनलाई ३० वटा गिफ्ट पनि दिए । ऐश्वर्याले खुलेर कहिल्यै पनि भनिनन् आफू विवेकसँग सम्बन्धमा रहेको कुरा तर, दुवैजना कुनैपनि कार्यक्रममा सँगै हुन्थे ।
विवेकको एउटा कदमले यी दुईबीचको सम्बन्ध पनि टुट्यो । विवेकले ठान्थे खराब स्थितिबाट गुज्रिरहेकी ऐश्वर्यालाई पुरा समय दिनसके भनेर तर, यसको ठिक उल्टो विवेकले एउटा होटेलको कोठामा पत्रकार सम्मेलन बोलाएर सलमानले फोनबाट ज्यान मार्ने धम्की दिएको खुलासा गरे ।
यो सम्मेलनले कसैको भलो गरेन् । विवेकलाई नै खतरा पुग्ने भएपछि ऐश्वर्याले सम्बन्ध तोड्दै टाढा भइन् । ऐश्वर्याले पनि यिनीहरुसँग आफ्नो कुनै सरोकार नरहेको र आफूले पनि विवेक बाट टाढा भएको बताईन् ।
यदि विवेकले यो गल्ती नगरेको भए आज ऐश्वर्या उनकी हुन्थिन् र उनको जीवन पनि राम्ररी चलिरहेको हुन्थ्यो । के गर्नु भाग्यले जसको लागि विवेक मरिहत्ते गर्थे उनले पनि साथ छोडिन् ।
दुईचोटी प्रेममा धोका झेलिसकेकी ऐश्वर्याले जब उनको जीवनमा अभिषेक बच्चन आए तब आनन्द भएको महसुस गरिन् । ऐश्वर्या र अभिषेकले फिल्म ढाई अक्षरके प्रेम, कुछ न कुछ हो, गुरु र उमराव जानमा सँगै काम गरे ।
उमराव जानमा काम गर्ने बेला नै ऐश्वर्या र अभिषेक नजिक भएका र अझ बढी टोरांटामा गुरुको प्रेमियर पछि अभिषेकले प्रेम प्रस्ताव गरेको र ऐश्वर्याले पनि स्वीकारेकी थिइन् ।
आखिरमा यति उकाली ओरालीपछि ऐश्वर्याले अभिषेक बच्चनसँग २० अप्रेल २००७ मा विहे गरिन् । २०११ मा दुईटैको एउटा छोरी जन्मिईन् र आफ्ना पुराना सबै सम्बन्धहरु बिर्सेर अहिले ऐश्वर्या आफ्नो दाम्पत्य जीवन खुसीसाथ बिताईराखेकी छन् ।



















प्रतिक्रिया