काठमाडौ । ‘मिष्टर टिन नेपाल २०१६’ यही २५ भदौमा छानिने भएको छ । त्रिपुरेस्वरस्थित ब्लुबर्डको मुड्सको सभाकक्षमा आयोजना हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक रनवे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले जानकारी गराएकी छन् ।
टिनेजर्स पुरुषहरुको प्रतिभा निखार्ने यो प्रतियोगिताको अन्तिम स्पर्धामा २० युवाले प्रतिस्पर्धा गर्दैछन् । दुई हजारभन्दामाथि संख्याका प्रतियोगीलाई पछि पार्दै यी युवा फाइनलसम्मका यात्रा तय गर्न सफल भएका हुन् ।
अन्तिम स्पर्धाका लागि यी प्रतियोगीले ब्यक्तित्व बिकाश, रनवे मोडलिङ , सेल्फ ड्रेस अप, फोटो सुट, सेलिब्रेटी गेष्ट क्लास, पब्लिक स्पिकिङलगायतका बिषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण हशिल गरेका छन् ।
टिनेजर्स पुरुषहरुको प्रतिभा निखार्दै आफै भबिश्य निर्माणमा सक्षम बनाउने उदेश्य पनि प्रतियोगिताको रहेको छ । कार्यक्रममा प्रतियोगीले शीर्ष उपाधि सहित १२ विभिन्न उप–विधामा पुरस्कार प्राप्त गर्न सक्नेछन् ।















प्रतिक्रिया