दैलेख, २० भदौ । गतवर्ष वैशाख १२ गते भूकम्पमा परी मृत्यु भएकी कल्पना थापाको नाममा एभरेष्ट क्लब दैलेखले कल्पना स्मृति कोषको स्थापना गरेको छ ।
एभरेष्ट क्लव दैलेखले आफ्नो २३ औ स्थापना दिवसर पारेर सस्था स्थापना गर्न संस्थालाई बिभिन्न सहयोग गरेको भन्दै उनका नाममा कल्पना थापा स्मृति कोष स्थापना गरेको एभरेष्ट क्लव दैलेखका अध्यक्ष दिपक कुमार शाहीले बताए ।
पहिलोपटक स्थापना गरिएको स्मृति कोषबाट एभरेष्ट क्लवले पहिलोपटक दैलेखको कला साहित्यमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै कलाकार मोहन गौतमलाई नगद ११ हजार १ सय ११ रुपैया सम्मान पत्रसहित सम्मान गरेको छ ।
पूर्व संघीय मामिला तथा स्थानीय बिकास राज्य मन्त्री कुन्ती शाहीले उक्त पुरस्कार बितरण गरेको थिईन् । क्लबका सदस्य ३७ बर्षिय कल्पना थापाको गत वैशाख १२ गतेको बिनाशकारी भूकम्पमा भक्तपुर नगरपालिका वडा नं २ जेलास्थित आफ्नै घरमा निधन भएको थियो । विभिन्न पदक प्राप्त गरेकी थापा मध्यपश्चिमकै उत्कृष्ट नाट्य विधाबाट समेत परिचित थिईन । एभरेष्ट क्लव दैलेखले प्रत्येक बार्षिक साधारण सभामा कला संस्कृति र खेलकुदको क्षेत्रमा अतुलनीय सहयोग पुर्याउने एक जनालाई सम्मान गर्ने बताएको छ ।
क्लवका अध्यक्ष दिपक कुमार शाहीले कल्पना स्मृति कोषको रुपमा खडा नभई बार्षिक रुपमा यसको पुरस्कारको राशी बढाउने बताए ।












प्रतिक्रिया