१ कार्तिक २०८३, आइतबार

ध्रुवराजको सांगीतिक ‘आव्हान’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Album (1)काठमाडौं । गीतकार ध्रुवराज पौडेलले लेखेका राष्ट्रिय गीतहरुको संग्रह ‘आव्हान’ सार्वजनिक भएको छ ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा गीतकार ध्रुवराज, गायक सुमित खड्का, संगीतकार शक्ति बल्लभ, गीतकार चुडामणि देवकोटा र व्यवसायी दिनबन्धु गोयललगायतले एल्बम सार्वजनिक गरे । एल्बममा संगीतकार बल्लभको सोलो संगीत र गायक खड्काको सोलो स्वर छ ।

कार्यक्रममा गीतकार पौडेलले आफुले यसअघि पनि राष्ट्रिय गीतहरु श्रोतामाझ ल्याईसकेको जानकारी दिँदै नयाँ एल्बममा एकताका गीत रहेको बताए ।

संगीतकार बल्लभले एल्बममा विकास निर्माण र संविधान कार्यान्वयनका लागि एकताको आव्हान गरिएको खुलाए । उनले चारदशकको सांगीतिक करियरमा आफुले राम्रा राष्ट्रिय गीतहरुमा संगीत भर्न पाएकोमा खुशी व्यक्त गरे ।

अर्का गीतकार देवकोटाले पछिल्लो समयमा राष्ट्रिय गीतहरु पछि परिरहेको बेला नयाँ पुस्ताले राष्ट्रियतामा आधारित गीत लेख्नु र गाउनु सकारात्मक कुरा भएको बताए ।

व्यवसायी गोयलले गायक सुमितलाई आफुले राम्रो गायकका रुपमा चिन्ने गरेको जनाउँदै राष्ट्रिय गीतमा खड्काको गायकीपनको तारिफ गरे ।

गायक सुमितले आफुले स्वदेश तथा विदेशमा हुने कार्यक्रममा राष्ट्रिय गीतलाई प्राथमिकता दिने गरेको उल्लेख गर्दै राष्ट्रियता जोडिएका गीत गाउँदा आनन्दित हुने बताए । कार्यक्रममा उनले ‘संसारले सोधे मेरो देश’ बोलको गीत गाएका थिए ।

म्युजिक हाइलाइट्सले उत्पादन गरेको एल्बममा ‘संसारले सोधे मेरो देश’, ‘संसार भरि छरिएका’, ‘नेपालको माटोमा फुल्यो’, ‘बाल्नुपर्छ आशाको दियो’, ‘हामी युवा देशका लागि’, ‘सबै भन्छन् हामी गरीब’ बोलका गीत छन् ।

कार्यक्रममा संगीतकार बल्लभले एल्बमको विक्रीबाट आउने रकमको केही प्रतिशत पूर्वाञ्चलमा रहेको नेपाल अपांग महिला संघलाई सहयोग गर्ने घोषणा गरे ।