काठमाडौं, २० भदौ । सानिमा क्यापिटल लिमिटेडले धितोपत्र कारोवारसम्बन्धी मर्चेन्ट वैंकिङ्ग सेवा सुरु गरेको छ ।
सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडले धितोपत्र कारोवार सम्बन्धी कार्यहरु गर्नको लागि नेपाल धितोपत्र वोर्डबाट “धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)” को अनुमतिपत्र प्राप्त गरी सेवा सुरु गरेको प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले जानकारी दिए ।
उनका अनुसार मर्चेन्ट बैंकरको अनुमतिपत्र पाएपछि सानिमा क्यापिटल लिमिटेडले निष्काशन तथा विक्रि प्रवन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्टार, लगानी व्यवस्थापन र धितोपत्र निक्षेप सदस्य कार्य सुरु गरेको हो ।
साथै नियमनकारी निकायको स्वीकृती लिई, निकट भविष्यमै सामुहिक लगानी कोष (म्युचल फण्ड) को योजना व्यवस्थापक तथा कोषको निक्षेप सदस्यको रुपमा कार्य गर्ने योजना पनि सानिमा क्यापिटलको रहेको छ ।
सानिमा क्यापिटल सम्बन्धी जानकारी
श्री सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित यस सानिमा क्यापिटलको रजिष्टर्ड कार्यालय नारायणचौर, नक्साल, काठमाडौं मा रहेको छ । यस क्यापिटलको अधिकतृ पूँजी रु १५ करोड र चूक्ता पूँजी रु ११ करोड रहेको छ । चुक्ता पूँजीलाई वढाएर रु १५ करोड सम्म पुर्याउने लक्ष्य रहेको छ । यस क्यापिटको सञ्चालक समितिको अध्यक्षमा सानिमा वैंक लि. का प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल हुनुहुन्छ भने अन्य सञ्चालकमा तेज ब. चन्द, निश्चल राज पाण्डे, सरोज गुरागाई र श्रीप्रसाद पौडेल रहनु भएको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा मनिष नारायण जोशी हुनुहुन्छ ।















प्रतिक्रिया