२ कार्तिक २०८३, सोमबार

सानिमा बैंक लिमिटेड अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanima

काठमाडौं, २० भदौ । सानिमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसंग सम्झौता गरेको छ ।

यस सम्झौतापत्रमा सानिमा बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैंकलाई अन्तर–बैंक विद्युतिय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ । NCHL-IPS प्रणाली जोडिए पश्चात सानिमा बैंकका ग्राहकहरुले कुनै पनि खातामा भुक्तानी लिने (Direct Credit) र दिने (Direct Debit) जस्ता कारोवारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् ।