१९ कार्तिक २०८३, बिहिबार

महिला र बालबालिका मात्र किन जोखिममा ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Basant-khakda

– बसन्त कुमार खड्का

नेपालको सन्दर्भमा विगत लामो समयदेखि रहि आएको परम्परागत सोच विचार, सामाजिक मूल्य मान्यता र कुसंस्कारले लैङगिक हिँसा र विभेदले निरन्तरता अझैसम्म पाइरहेको छ । मानव वेचविखनका समस्या गाउँ घर भन्दा वढि शहर केन्द्रित भएका छन् । अशिक्षित भन्दा शिक्षित भनिनेहरुमा यस्ता अपराध जन्य हिँसा हुदै आएका छन् । शहरका भुसिया स्यालहरु गाउँमा पसेर सोझा साझा, गरिव निमुखा, जनतालाई फकाई फूलाई धमकाई आफनो पन्जामा लिएर वेचविखनको काम गर्दे आएका छन् । वजारमा सस्तो श्रम र यौनको वढ्दो मागका कारण वेचविखनका दलालहरुले सँसार भरका करोडौ मानिसहरु अधिक मात्रामा महिला वालवालिकालाई प्रत्येक वर्ष पिडित प्रभावित वनाई लाखौ डलरको नाफा आर्जन गर्ने गरेको पाइन्छ । मानव वेचविखन विश्वमै हात हतियार र लागु औषधको कारोवार सरह एक अन्तरदेसिय सँगठित अपराधको रुपमा व्यापकता पाउदै आएको छ । धन देखे महादेवको पनि तीन नेत्र भने झै यि दलाल शासकहरु धनको प्रलोभनमा परेर हाम्रा चेलीवेटी वालवालीका दिनढाडै वेचिनु परेको छ । र यौन शोषणमा परिएका छन् ।

विगतमा मानव वेचविखन तथा ओसार पसारका दृष्ट्रिले नेपाललाई प्रमुख मुलुकको रुपमा हेरिने गरिएकोमा विश्वव्यापिकरण तथा वजारिकरणको प्रभावले गर्दा अन्तर्राष्ट्रि सम्बन्धमा विस्तार भएपछि नेपाल मार्गस्थ र गन्तव्यको रुपमा स्थापित भएको छ । यसरी वाह्रय तर्फको समस्यालाई नियाल्दा व्यवसायिक यौन सरकस तथा अङ्गप्रत्यारोपण समेतका लागी छिमेकि मुलुकहरुमा हुने गरेको वेचविखनका साथै बैदेशिक रोजगार अन्तरदेसिय विवाह,तथा साँस्कृत्तिक साङगीतिक कार्यक्रमका नाममा समेत यौन तथा श्रम शोषणमा परि मानव वेचविखनको जोखिममा अझै वृद्धि हुदै आएको छ । धोविको कुकुर घरको न घाटको नेपाली दलालहरुको सग्लनतामा विदेशिहरुसँग विवाह गरिदिने वहानामा मेरिज व्यूरोको धन्दा सँञ्चालन गरि नेपाली युवतिहरुलाई घर न घाटको वनाइरहेका छन् । नेपालमा राजनैतिक सङक्रमणसँगै आर्थिक सामाजिक, गरिवी, आदि यसका प्रमुख लक्षणहरु रहेका छन् । कामको खोजीमा ग्रामीण भेगबाट शहरी क्षेत्र विशेषगरी काठमाडौँ हुदै बैदेशिक रोजगार जाने क्रम अहिले पनि निक्कै नै वढिरहेको छ । हाल नेपालबाट हरेक वर्ष ५ लाख भन्दा वढिको सङख्यामा नेपाली पुरुष तथा महिलाहरु कामको खोजीमा विदेश प्रस्थान गरिरहेका छन् । र चोरी बाटो गरेर भारको बाटो प्रयोग गर्दे आइरहेका छन् । नेपालमा पनि मानव वेचविखन तथा ओसार पसारको समस्या दिनानुदिन नविनतम् आयाम सहित गँभिर एक जटिल समस्या वन्दै गएको हो । नेपालबाट महिला तथा वालवालिकाहरु भारतका ठूला ठूला शहरहरुमा व्यवसायिक यौन शोषण अङ प्रत्यारोपण जस्ता कार्यमा लगाएको पाइन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ को अनुसार विश्वमा २ करोड ९ लाख भन्दा वढि मानिसहरु वाध्यकारी श्रम तथा यौन शोषणबाट प्रभावित बनेका छन् । जसमध्ये लिङ्गका आधारमा १ करोड १४ लाख महिला तथा वालवालिकाहरु र ९५ लाख पुरुष र वालकहरु छन् भने उमेरका आधारमा १ करोड ५४ लाख १८ वर्ष माथिका युवा युवतिहरु र ५५ लाख वालवालिकाहरु रहेका छन् । अन्तर्राष्ट्रिय श्रम सँगठनको तथ्याङ्ग अनुसार २ करोड ९ लाख मध्ये ९० प्रतिशत १ करोड ८७ लाख मानिसहरु नीजि क्षेत्रमा शोषणको स्थितिमा छन् भने । वाँकी १० प्रतिशत २२ लाख मानिसहरु कमजोर राज्य संरचना र फितलो नियमनबाट सिर्जित विभिन्न प्रकारका वाध्यकारी श्रमबाट पिडीत बनेका छन् । भने १ करोड ४२ लाख मानिसहरु उद्योग कलकारखाना कृषि भौतिक निर्माण, घरेलु श्रम लगायतका संगठित क्षेत्रहरुमा शोषणको स्थितिमा छन् ।

विश्व वजारमा मौलाउदै आएको मानव वेचविखन तथा ओसिार पसारको समस्या नेपालमा पनि दिनानुदिन नयाँ आयाम स्वरुप सहित जटिलता वढदै गएको छ । गरिवी अशिक्षा वेरोजगारिले मात्र होइन् । समाजमा विद्यमान् लैङ्गगिक विभेद घरेलु हिँसा पनि हुन् । अर्को तर्फ वजारमा यौन तथा सस्तो श्रमको अप्राधिक मागका कारण किशोर किशोरी तथा बालवालिकाहरु बढि बेचविखनका जोखिममा रहेका छन् । विभिन्न क्षेत्रमा रहेका मानव वेचविखनका दालहरु सरकारी नीति कानुनको कमि कमजोरी पत्ता लगाई जोखिम समूहलाई शोषण अत्याचार गरिरहेका हुन्छन् । यसका लागी दलालहरु प्रविधिको दुरुपयोग गरेर हिँसाजन्य कार्यमा सँलग्नता रहेको पाइन्छ । महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि चौतर्फी पहल भएपनि यसलाई अझैसम्म निराकरण गर्न सकिएको छैन् । हरेक जिल्ला सदरमुकाम गाउामा महिला हिंसा तथा वालवालिका का हिंसाका खवर दिनानु दिन आउने गरेका छन् । पर्सामा गएको एक वर्षमा हिंसामा परेर न्यायको माग गर्दै प्रहरी समक्ष पर्ने उजुरीको सङख्या बढ्दो छ । न्यायका लागि माग गर्दै प्रहरीसमक्ष गत वर्ष ११० वटा र माहिला तथा बालबालिका सेवा केन्द्र पर्सामा पनि न्यायका लागि ११० वटा नै उजुरी परेको जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलले जनाएको छ ।

लैङ्गिक हिँसापीडित तथा प्रभावितका लागि एकीकृत सेवा राष्ट्रिय निर्देशिका २०७२ मार्फत सरकारले लैङ्गिक हिंसापीडित तथा प्रभावित महिला तथा बालबालिकाको जोखिम न्यूनीकरणका लागि आधारभूत मानवीय सेवा तथा सुविधाको न्यूनतम् मापदण्ड निर्धारण गरेको छ ता पनि यसलाई निमूल गर्न भने अझै समय लाग्न सक्छ ।

आ.व २०७२–७३ मा अघिल्लो वर्षभन्दा झन्डै एक सय कम उजुरी दर्ता भए । पहिले प्रहरीकहाँ गएर मात्रै घटना अदालतमा जाने भए पनि अहिले सोझै अदालतमा जाने प्रवृत्ति बढ्दा उजुरी कम परेको प्रहरीको जिकिर मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेको एक अध्ययन अनुसार साउन महिनामा महिला तथा बालबालिका माथि हिंसाका १६ घटना भएका छन् । प्रतिष्ठानले विभिन्न सञ्चारमाध्यममा आएका समाचार अध्ययन गर्ने क्रममा दुई महिलाको हत्या र एक महिलाले आत्महत्या गरेको देखिएको छ । एक अध्ययन अनुसार एक महिलाले हिंसाका कारण आत्म हत्याको प्रयास गरेकी छिन् भने बोक्सीको आरोप तथा दाइजोका नाममा दुईरदुईजना महिलामाथि हिंसा गरिएको थियो । यस्तै, बलात्कार र कुटपिटमा एक एक महिला परेका थिए । यसैगरी, बालबालिकामाथि आठ घटना भएका थिए जसमा एक बालिकाले आत्महत्या गरेकी छिन् भने तीन बालिका बलात्कारमा परेका थिए ।

अधिकारकर्मीले भने महिला हिंसाका घटना बढिरहे पनि यस क्षेत्रमा काम गर्ने संस्थाहरु महिलाका मुद्दामा काम गर्न कम गर्दा उजुरी कम परेको जिकिर गर्छन् । ग्रामीण क्षेत्रमा अधिकांश समयमा विभिन्न संस्थाका सहयोगमा महिला हिंसाको घटना दर्ता हुने गरेको छ । महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) शुभद्रा लामा पीडित प्रहरी कहाँ आउनाको साटो अदालत जाने प्रवृत्ति वढेको बताउँछिन् । उनी भन्छिन ‘सानोतिनो झगडा पर्नासाथ नै महिलाहरु सम्बन्धबिच्छेद नै गर्न चाहने गर्छन् ।’ सानो घरायसी झगडा परेर प्रहरीसम्म आइपुग्दा महिलाहरु सम्बन्धबिच्छेद गर्न हतार गर्छन् । प्रहरीले भने केही समय विचार गरेर मात्रै निर्णय लिन सल्लाह दिने गरेको छ । महिलाहरु अलमलमा पर्नाको साटो आवेगमा सम्बन्धबिच्छेद गर्न चाहने गर्छन् । प्रहरीसम्म पर्ने उजुरीको संख्या केही कम देखिए पनि हिंसाका घटनामा कमी आएको छैन ।