
काठमाडौं, २० भदौ । ग्लोबल आइएमई बैंकले बर्न भाईलेन्स सर्भाइभर्समा (Burns violence survivor, BVS-Nepal) आबद्ध आगलागी तथा प्रज्वलनशिल पदार्थबाट जलेर पीडित बनेका महिलाहरुलाई भेटघाट गराउने तथा दर खुवाउने उद्धेश्यले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा दर कार्यक्रम आयोजना गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आगलागीबाट तथा प्रज्वलनशिल पदार्थबाट जलेर पीडित बनेका महिलाहरुलाई पुन सक्रिय जीवनमा फर्काउन प्रयासरत बर्न भाईलेन्स सर्भाइभर्समा (BVS – Nepal) आश्रय लिइरहेका महिलाहरुको आत्मबिश्वास बृद्धि गर्न सो कार्यक्रमको आयोजना गरेको हो ।
सो कार्यक्रममा महिलाहरुलाई दर खुवाउनुको साथै नाचगान गरेर रमाइलो गरिएको थियो भने बैंकको तर्फबाट सम्झना स्वरुप त्यहाँ आश्रीत महिलाहरुलाई तिजको गिफ्ट पनि प्रदान गरिएको थियो ।














प्रतिक्रिया