काठमाडौं, २० भदौ । मधेसी मोर्चाका नेता एवम् फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले एमालेले अहिले जतिसुकै फुर्ति लगाएपनि संविधान संशोधनको पक्षमा उभिनुको विकल्प नभएको दाबी गर्नुभएको छ ।
रिपोर्टर्स क्लव नेपालको साक्षत्कारमा यादवले भन्नुभयो, ‘एमालेले अहिले ठूलो–ठूलो स्वरमा संशोधनको विरुद्धमा बोलिरहेको छ, अब कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाले संशोधनको प्रस्ताव दर्ता गर्दा एमाले कतिको जिम्मेवार बन्छ त्यो त्यहीँ देखिन्छ ।’
उहाँले संविधान संशोधन नेपाललाई डुबाउनको लागि नभई शान्ति, समृद्धि र नेपाललाई बचाउनको लागि भएको स्पष्ट पार्नुभयो ।
उहाँले एमालेले सत्ता छाड्नु परेको पीडा र कुण्ठा पालेर राष्ट्रको भविष्य अन्धकार बनाउन खोजेको आरोप लगाउँदै भन्नुभयो, ‘कुण्ठा पालेर राष्ट्रको भविष्य मात्रै होइन, यसले अरुलाई भन्दा पनि स्वयम् एमालेलाई नै हानि गर्छ ।’












प्रतिक्रिया