काठमाडौँ, ११ भदौ । ग्लोबल आइएमई बैंक तथा आइएमई समूहले दैवी प्रकोप पीडितलाई २० लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत देशभरका बाढी पहिरो पीडितलाई आइएमई समूहले उक्त रकम सहयोग गरेको हो ।
ग्लोबल आइएमई बैंक तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बालुवाटारमा बुधबार एक कार्यक्रम गरी प्रधानमन्त्री सुशील कोइरालालाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
ग्लोबल आइएमई बैंकले ११ लाख रुपैयाँ र आइएमई समूहले ९ लाख रुपैयाँ राहत संकलन गरेका थिए । दुबै संस्थाले संकलन गरेको राहत रकम अध्यक्ष ढकालले एकमुष्ट हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विगतमा पनि बैंक तथा आईएमई समूहले सामाजिक उत्तरदायित्व वहन गर्दै बाढी पहिरो पीडितलाई सहयोग प्रदान गरेको स्मरण गर्नुभयो ।
अध्यक्ष ढकालले भविष्यमा पनि देशमा आइपरेका यस्ता विभिन्न विपत्तिहरु तथा पीडितहरुको सहयोगार्थ बैंक सधैं तत्पर रहिरहने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
्













प्रतिक्रिया