११ कार्तिक २०८३, बुधबार

महन्थ ठाकुरले धन रोज्दा यसरी भयो भाँडभैलो

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MAHANTA-THAKURकाठमाडौं, २० भदौ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुर मूल्य, निष्ठा र इमानको राजनीति गर्ने नेताका रुपमा चिनिन्छन् ।

मधेसका मसिहा ठान्ने केही नेताहरु सत्ता राजनीतिका कारण बदनाम बनिरहे पनि महन्थ बदनामीका अनेक बाछिटाबाट जोगिँदै आइरहेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।

पार्टीबाहिर त्यागी नेताको छवि बनाएका यिनै ठाकुरमाथि पछिल्लो समय राप्रपा नेपालका अध्यक्ष कमल थापाको पद्चाप पछ्याउँदै पैसाको प्रलोभनमा पद बाँडफाँड गरेको आरोप लागेको छ ।

केही दिनअघि पार्टी प्रवक्ता चयनमा महन्थले क्षमता, योग्यता र त्यागभन्दा पनि पैसा हेरेको भन्दै कैयन नेता तथा कार्यकर्ताले असन्तुष्टि पोख्न थालेका छन् ।

तमलोपाले केही दिनअघि विमल श्रीवास्तवलाई तमलोपा पार्टी प्रवक्ताको जिम्मेवारी तोकेको थियो ।

मिडिया नबुझेका, धुमिल छवि भएका र पार्टीमा पैसाबाहेक लगानीको नाममा ‘ल’ पनि नगरेका श्रीवास्तवलाई पार्टीमा प्रवक्ताका लागि योग्यतम् कैयन उम्मेदवार हुँदाहुँदै जिम्मेवारी दिएको आरोप छ ।

तमलोपाको पहिलो महाधिवेशन र त्यसअघिका गाह्रा–साह्राहरुमा राम्रै आर्थिक सहयोग गरेकाले ठाकुरले पैसासँग प्रवक्ता पद साटेको चर्चा तमलोपा पार्टी कार्यालय वरपरको चिया पसलमा समेत हुने गरेको छ ।

पार्टीका साथै मधेसविट हेर्ने पत्रकारहरुले समेत उनको लोकप्रियतामाथि धज्जी उडाउँदै हिजोआज टिप्पणी गर्न थालेका छन् – होइन, यी श्रीवास्तव भन्ने मान्छेलाई तमलोपाले कुन ग्रहबाट टिपेर प्रवक्ता बनाएछ, फेसबुक र गुगलमा त कतै पनि भेटिँदैनन् त ?’

विशेष गरेर तमलोपाका दोस्रो तहका युवा नेताहरु ठाकुरको यो निर्णयबाट जोगी देखेर भैंसी तर्सिएझै तर्सिन पुगेका छन् ।

स्रोतका अनुसार, ठाकुरको यस्तो हर्कत अधिकांश नेता कार्यकर्ताले नरुचाए पनि उनीहरुले खुलेआम यसको विरोध भने गर्न सकेका छैनन् ।

तमलोपामा सुरेन्दर झा, सुरेश मण्डल, दीपेन्द्र सिंह, राजेन्द्र साहलगायत दर्जन बढी नेता प्रवक्ताको आकांक्षी थिए ।