काठमाडौं, २० भदौ । विद्युत प्राधिकरणका अधिकांश विद्युतगृह, क्षेत्रीय निर्देशनालय, वितरण केन्द्र र आयोजनाहरूमा बरिष्ठहरूलाई हटाएर कनिष्ठलाई जिम्मेवारी दिने प्रवृत्ति बढेको छ ।
दस तहको मेकानिकल दरबन्दी पाएका विद्युतगृहमा अधिकांशलाई ९ तहका कनिष्ठलाई जिम्मेवारी दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
दस तहका मेकानिकल दरबन्दी भएका कालिगण्डकी ए, मध्यमर्स्याङ्दी, कुलेखानी प्रथम, मर्स्याङ्दी विद्युत गृहमा नौ तहकालाई प्रमुख बनाइएको छ ।
योग्यता नपुगे पनि कामुको जिम्मेवारी दिएर कनिष्ठलाई प्रमुख बनाएर वरिष्ठहरूलाई काठमाडौं केन्द्रमा थन्क्याइएको छ ।















प्रतिक्रिया