रामचन्द्र घर्ती
जाजरकोट, ११ भदौ । कुटपिटबाट जाजरकोटमा गएराती एकजनाको मृत्यु भएको छ ।
खलंगा–३, का ३५ वर्षीय जीतबहादुर कार्कीको स्थानीय युवाको कुटाईबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
तीजको नाँच चलिरहेको स्थानमा विवाद हुँदा उक्त घटना भएको थियो ।
कुटपिटबाट गम्भिर घाइते भएका कार्कीको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
घटना संलग्न भएको आशंकामा केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख डिएसपी चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।















प्रतिक्रिया