काठमाडौं, १९ भदौ । नेपालको लागि कोरियन प्रिमियम गाडी निर्माता साङयङ मोटर्सका एकमात्र आधिकारिक विक्रेता तथा आइएमएस ग्रुप अन्तर्गतको एक अग्रणी कम्पनी आइएमएस मोटर्सले काठमाडौंमा भएको नाडा अटो शो २०१६ मा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । र उक्त कार्यक्रम कम्पनीका लागि अत्याधिक सफल हुन गएको कम्पनीको विश्वास छ ।
भृकुटीमण्डपमा भएको उक्त कार्यक्रममा बाहिरी हल, डोम सेक्सनको स्टल नं. एच् ३ मा आफ्नो स्टल राखेको आइएमइ मोटर्सले भारी मात्रामा सहभागीता तथा संलग्नता प्राप्त गर्न सफल भएको थियो ।
आगन्तुकहरु कोरियन प्रिमियम अटोमोबिल्स्को अब आइएमएस जस्तो विश्वस्नीय नाम सँग जुडेर आएको कुराले निकै उत्साहित भएका थिए ।
कम्पनीले समस्त आगन्तुकहरुलाई आफ्नो सहभागीता मार्पmत कार्यक्रम सफल बनाइदिएकोमा धन्यवाद ज्ञापन गरेको छ ।
साङयङ ब्राण्डको सकारात्मक छवि आगन्तुकहरुमा निकै बढेको पाइएकोले कम्पनी शीघ्र भविष्यमा झनै उत्कृष्ट नतीजा तथा अटोमोबाइल सोल्युसन्स प्रदान गर्नेमा कम्पनी विश्वस्त छ ।
















प्रतिक्रिया