२ कार्तिक २०८३, सोमबार

चन्दको रिटमा सुनुवाई गर्दै सर्वोच्चले राप्रपाको संस्थापन पक्षलाई बोलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-Shumsher-ranaकाठमाडौँ, ११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले  सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।

चन्दले पशुपति शमशेर जवरा अवैधानिक अध्यक्ष रहेकाले उनलाई अवैध ठहर गरी आफुलाई अध्यक्ष कायम गरिपाउ भन्दै  सर्वोच्चमा रिट दायर गरेका थिए ।

चन्दले गत साउन २२ दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चले त्यस्तो आदेश दिएको चन्दको पक्षबाट बहस गरेका अधिवक्ता बालकृष्ण न्यौपाने बताउनु भयो । संस्थापनलाई १५ दिन भित्र जवाफ दिन सर्वोच्चको आदेश दिएको हो ।

राप्रपा र जनशक्ति पार्टीबीच एकता महाधिवेशनका बेला भएको सहमतिअनुसार सूर्यबहादुर थापापछि आफू अध्यक्ष हुनुपर्नेमा षड्यन्त्रपूर्वक राणालाई अध्यक्ष घोषणा गरिएको चन्दको आरोप छ।

चन्दले यसअघि आफूले आधिकारिकता माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर आयोगले राणा पक्षलाई नै आधिकारिकता दिएपछि चन्द सर्वोच्च जानु भएको थियो ।