– अमरराज पुन
रुकुम, १९ भदौ । ५४ औं नेपाल रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुमले जिल्ला अस्पत्ताल सल्लेका २३ जना बिरामीलाई आज फलफूल वितरण गरेको छ ।
“रेडक्रस सबै ठाउँमा, सबैका लागि” भन्ने नाराका साथ जिल्लामा विभिन्न चेतनामूलक र्याली, प्रतियोगिता तथा विरामीलाई फलफूल वितरण गरी स्थापना दिवस मनाएको हो ।
यसैक्रममा चौरजहारी उपशाखाले पनि चौरजहारी मिसन अस्पत्तालमा रहेका ६१ जना विरामीहरुलाई फलफूल वितरण गरेको छ भने खोलागाउँ उपशाखाले चेतनामूलक तीज प्रतियोगीताको आयोजना गरेर स्थापना दिवस मनाएको छ ।
विश्वमा रेडक्रस स्थापनाको करिब एक सय वर्ष पछि विसं. २०२० साल भाद्र १९ गते रेडक्रस अभियानको अंगको रुपमा नेपाल रेडक्रस सोसाईटिको स्थापना भएको थियो ।













प्रतिक्रिया