
– बीरबहादुर गिरी
जाजरकोट १९ भदौ । तीज मनाउन माइत आएकी एक चेलीको जाजरकोटमा आगलागीमा परेर ज्यान गएको छ । नायकवाडा गाविस वडा नं २ की १८ बर्षिय संगिता खत्री बोहराको तिज मनाउन सदरमुकाम खलंगा माइत आएका बेला बाबुले संचालन गरेको होटलमा आगलागी हुदा जलेर मृत्यु भएको हो ।
भेरी मालिका नगरपालिका ४ शान्ति चौतारामा उनका बुवा मानसिंह खत्रीले संचालन गरेको होटेलमा आइतबार बिहान ११ बजे आगलागी भएको हो । नुहाउन बाथ रुपमा पसेकी संगिता बाहिर निस्कन नपाउदै आगो लागेको थियो । भाग्ने क्रममा उनको जलेर मुत्यु भएको निमित्त प्रहरी नायब उपरिक्षक हिक्मत बोहराले बताए । अर्को कोठामा राखिएको पेट्रोलबाट आगो सल्किएको प्रहरीले जनाएको छ । पेट्रोल ड्रमबाट निकाल्ने क्रममा चुलोसम्म चुहिएर पुगेकोले आगलागी भएको प्रहरीको भनाई छ ।
स्थानीय लाकेन्द्र शाहीको घरमा एक कोठामा एक कोठामा पेट्रोलीयम पदार्थको डिलर र अरु कोठामा मानसिंहले होटल सञ्चालन गर्दै आएका थिए । आग लागिमा होटेल संचालक कार्कीगाउँका–७ का ४३ कर्षिय मानसिंह खत्री पेट्रोल डिलर सञ्चालक चौरजहारी नगरपालिका ७ रुकुमका २३ वर्षे प्रेमब राणा, त्यही ठाउँका १८ वर्षे गोकर्ण चन्द र जाजरकोटमा कार्यरत प्रहरी जवान रमेश शाह रहेको प्रहरीले जनाएको छ । आगो लागेको अबस्थामा नियन्त्रणको प्रयास गर्न पुगेका प्रहरी जवान शाहले भित्र पसेर आगो बढेपछि घरको तेस्रो तलाबाट हाम हालेर ज्यान जोगाएका छन । घाइते चारै जनाको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएका छ ।
११ बजे लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र रेडक्रसक्रममीको सहयोगमा ४५ मिनेटपछि नियन्त्रणमा दिइएको थियो । आगो लागिबाट दुई वटा मोटरसाइकल र घर जेलको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार ३५ लाखको क्षति भएको बताइएको छ । बजारमा खुलम खुल्ला पेट्रोलियम पदार्थको कारोबार हुने गरेको छ । यस्तो कारोबार रोक्नु पर्ने स्थानीयको माग रहेको छ । तर स्थानीय प्रशासनले यस्तो कारोबार रोक्न कुनै पहल गरेको छैन ।












प्रतिक्रिया