१९ कार्तिक २०८३, बिहिबार

होटल सङ्गीतामा आगलागी हुँदा १९ वर्षीया सङ्गीताकै मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

agoजाजरकोट, १८ भदौ । सदरमुकामको शान्ति चौतारामा आज एक होटलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

होटल सङ्गीतामा आगलागी हुँदा मृत्यु हुनेमा नायकवाडा–२ की १९ वर्षीया सङ्गीता खत्री बोहरा रहेको निमित्त प्रहरी प्रमुख हिक्मत बोहराले जानकारी दिनुभयो । घटनामा चार घाइते भएका छन् ।

घाइतेको उपचारका लागि जिल्ला अस्पतालमा लगिएको छ । आगलागी कसरी भयो भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ । रासस