१ कार्तिक २०८३, आइतबार

पहिले विहे, फेरि डिभोर्स, फेरि डेटिंग, आखिर के चलिरहेछ यी दुईबीच ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ITALY-FILM-FESTIVAL-VENICE

एजेन्सी । हलिउड अभिनेत्री एंबर हर्डबाट अलग भएपछि १९९० को मध्यतिर मोडल केट मांससँग डेट गरिसकेका अभिनेता जांनी डेप फेरि केटसँग डेटिंगमा छन् ।

एसशोबिज डटकमका अनुसार डेप र हर्डबीच डिभोर्स हुनुभन्दा पहिला नै केटले डेपलाई भेटेकी थिइन् । स्टार पत्रिकाका अनुसार अभिनेता जांनी सधै केटको ख्याल राख्थे । यता केट पनि जांनी र हर्डबीच जे भएको थियो त्यो भुलाउन र जांनीलाई आफू उनको साहरा हो भन्ने महसुस गराउन चाहन्थिन् ।

तर, दुबैबीच खटपट भयो । केटसँग अलग भएपछि जांनी गायिका वेनेसा पैराडिससँग १४ वर्ष लामो सम्बन्धमा रहे । यो जोडीका लीली रोज डेप र जोन क्रिस्टोफर डेप तृतीय नामका दुई बच्चा छन् ।

जांनी अहिले पनि भावनात्मक रुपमा केटसँग जोडिएका छन् । खबर अनुसार केट पनि जांनीका लागि कोमल छिन् । अर्थात अझै प्रेम गर्छिन् । यो जोडी पहिला जून इभेन्टमा जान्थे क्यामेराका अगाडि एक अर्कालाई किस नगरी बस्नै सक्दैनथे । अभिनेता जांनी अहिले उनै मोडल केटसँग नजिकिएका छन् ।

ITALY-FILM-FESTIVAL-VENICE ITALY-FILM-FESTIVAL-VENICE