११ कार्तिक २०८३, बुधबार

माओवादी केन्द्रका नेताले निर्णय पुस्तिका च्याते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoरोल्पा, १९ भदौ । माओवादी केन्द्र रोल्पा जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगरले स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको निर्णय पुस्तिका च्यातेका छन् ।

समितिको शनिबार बिहान बसेको बैठकमा संयोजक मगरले स्थानीय तहको पुनर्संरचनाका विषयमा चित्त नबुझेपछि निर्णय पुस्तिका च्यातेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

भदौ १३ गते सहयोग समितिले दलीय सहमतिमा पाँचवटा गाउँपालिका बनाउने निर्णय गरेको थियो ।

पुनर्संरचना आयोगले भने जिल्लाबाट साविकको नगरपालिकासहित सातवटा स्थानीय इकाइको खाका पठाउन भनेको थियो ।

साउन २६ गते सहयोग समितिले एक नगरपालिका र ६ गाउँपालिकाको प्रस्तावित खाका सार्वजकिन गरेको थियो ।

केही दलका नेता आफैंले गरेको निर्णयका विपक्षमा उभिएपछि सहयोग समितिले थप सहमतिका लागि शुक्रबार दिउँसो बोलाएको दलीय बैठकमा सहमति नभएपछि पुनः शनिबार बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा पनि कुरा मिल्न सकेन ।