२ कार्तिक २०८३, सोमबार

‘नेवि संघको महाधिवेशन कसैले रोक्न सक्दैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabindra-raj-joshi

गजुरी (धादिङ), ११ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

नेविसंघ जिल्ला अधिवेशनको आज धादिङबेसीमा उद्घाटन गर्दै उहाँले सो महाधिवेशन यही भदौ २९ गते नै सम्पन्न हुने दाबी गर्नुभयो ।

नेविसंघको महाधिवेशन समयमा नहुँदा थुप्रै विद्यार्थी नेताले नेतृत्व तहबाट पछि हट्नुपरेको बताउँदै उहाँले अब नयाँ नेतृत्व प्राप्त गर्दै नेविसङ्घ क्रियाशील हुनेमा विश्वस्त हुन सबैसँग आग्रह गर्नुभयो ।

नेपाल विद्यार्थी संघ धादिङको आठ वर्षपछि भएको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी, सभासद् दिलमान पाख्रिनलगायतका वक्ताहरूले लोकतान्त्रिक विचारलाई अगाडि बढाउन विद्यार्थीहरूलाई सङ्गठित भएर अगाडि बढ्न आग्रह गर्नुभयो । रासस