२ कार्तिक २०८३, सोमबार

चिडियाखानाका लागि रु १० लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

money-350x250

पोखरा, १८ भदौ । ‘युनाइटेड क्लब’ पोखराले लेखनाथ नगरपालिकाको पचभैयामा निर्माणाधीन चिडियाखानालाई रु .१० लाख सहयोग गरेको छ ।

क्लबका अध्यक्ष शुुकबहादुर गुरुङले चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेललाई आज यहाँ सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।

क्लबले यसअघि पनि चिडियाखाना निर्माणका लागि रु १५ लाख सहयोग गरेको संयोजक बख्रेलले जानकारी दिनुभयो ।

चिडियाखाना निर्माणको लागि लेखनाथ नगरपालिकाले पनि रु १० लाख सहयोग गरेको बताइएको छ । सो ठाउँमा अहिले वन्यजन्तु उद्धार सेन्टरको निर्माण भइरहेको छ ।

घाइते वन्यजन्तुको उद्वार गर्ने स्थान अहिले पोखरामा कही नभएकाले सो ठाउँमा उद्वार सेन्टरको निर्माण भइरहेको संयोजक बख्रेलले बताउनुभयो ।

एकसय ३४ हेक्टर जमिनमा चिडियाखाना निर्माण भइरहेको जनाएको छ । रासस