काठमाडौं । फिल्म निर्माता रोज राणाले निर्माण गरेको फिल्म ‘जय परशुराम’ले रिलिज भएको दुई दिनमा राम्रो कमाइ गरेपछि निर्माताहरु खुसी हुन थालेका छन् ।
नेपाली फिल्महरुले कमाइ गर्न नसकिरहेका बेला राणाको फिल्म ‘जय परशुराम’ले कमाइ गरेको हो ।
निर्माण पक्षका अनुसार ‘जय परशराम’ले दुई दिनमा ६० लाख कमाइ गरेको दाबी छ । झण्डै तीन हप्तासम्म विभिन्न फिल्महलहरुमा लागेको ‘जय परशुराम’ बिराज भट्टको कमब्याक फिल्म हो ।
भोजपुरी फिल्महरुमा व्यस्त रहेका बिराज लामो समयपछि नेपाली फिल्ममा खेलेका हुन् ।
पावरफुल पुलिसको अभिनयमा देखिएका बिराजलाई नायिका निशा अधिकारीले साथ दिएकी छिन् । विभिन्न अबरोध पार गरेको ‘जय परशुराम’ निर्माणदेखि नै बिबादमा थियो ।
फिल्म हिट भएसँगै अरु फिल्मका निर्माताहरु पनि खुसी छन् । अब नेपाली फिल्महरुले राम्रो व्यापार गर्न लागेको हो कि भने उत्साह जागेको नायक एवम् निर्माता करण श्रेष्ठले बताए ।















प्रतिक्रिया