काठमाडौं, १८ भदौ । आयोजक पुष्पसदन बोर्डिङ हाइ स्कुलको सिनियर र जुनियर ब्वाइज टोली दोश्रो पुष्पसदन कप काठमाडौं जिल्लाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगतामा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज सेमिफाइनलमा पुष्पसदनले रेडिअन्टलाई ५०–४५ ले पराजित ग-यो ।
पुष्पसदनका प्रतीक श्रेष्ठ र ध्रुव लामाले समान १४–१४ अंक जोडे । फाइनलमा पुष्पसदनको भेट ग्रिनफिल्डसंग हुनेछ ।
अर्को सेमिफाइनलमा ग्रिनफिल्डले ब्राइट होराइजनलाई ५९–५५ ले हराएको थियो । ग्रिनफिल्डका अनिश भण्डारीले २२ स्कोर गरे ।
जुनियर ब्वाइजमा पुष्पसदनले ग्रिनफिल्डलाई ३८–२३ ले हराउदै नेरिकसंग उपाधि भिडन्त पक्का ग-यो ।
पुष्पसदनको जितमा रोजिन महर्जनले १८ अंक योगदान गरे । अशिम भण्डारीको १६ अंक सहयोगमा नेरिकले इनोभेटिभलाई ४२–३१ ले पाखा लगाएको थियो । फाइनल शनिबार हुनेछ ।















प्रतिक्रिया