३० आश्विन २०८३, शुक्रबार

भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dog-4सोलुखुम्बु, ११ भदौ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण अभियान सुरु गरिएको छ ।

राष्ट्रिय निकुञ्ज क्षेत्रमा भुस्याहा कुकुरको सङ्ख्या नियन्त्रणका लागि स्थायी बन्ध्याकरण अभियान सुरु गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत लक्ष्मण ढकाले जानकारी दिए ।

गत ७ गतेबाट सुरु गरिएको अभियानअन्तर्गत मङ्गलबारसम्ममा खुम्जुङ गाविसका १० वटा भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गरिसकेको बन्ध्याकरणमा सहभागी पशु चिकित्सक तारामान तामाङले जानकारी दिए ।

खुम्जुङमा सकेपछि क्रमशः नाम्चे र चौरीखर्कका भुस्याहा कुकुरको पनि बन्ध्याकरण गरिने जनाइएको छ । घरपालुवा कुकुर बाटोमा छाडा नछोड्न सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले सूचनासमेत जारी गरेको छ ।

भुस्याहा कुकुरको सङ्ख्या नियन्त्रण गर्दा निकुञ्ज क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु र पक्षीको सुरक्षा हुने विश्वास निकुञ्जले लिएको छ । रासस