कपिलबस्तु, १७ भदौ । स्कूलबाट घर फर्कने क्रममा अज्ञात समूहले कपिलबस्तुमा बाटोबाटै एक बिद्यार्थीलाई अपहरण गरेका छन् ।
विहीबार ३.३० बजेको समयमा श्री रबि प्रथामिक सामुदायिक बिद्यालयबाट छुटटी भई घर जाने क्रममा धनकौली गाविस ४ गगनी बस्ने हरीबंश मल्लाहको छोरा बर्ष १० को रमेश मल्लाहलाई मोटर साइकलमा आएका २ जना अपरिचित ब्यक्तिहरुले मामा घर लगी दिन्छौ भनि अपरहण गरी लगेको निज बिद्यार्थीका बुवाले बताएका छन ।
निज हरीबंश मल्लाह र सोही गाबिसको सुखारी मल्लाह बिच ४ बर्ष अगाडी जग्गाको बिबाद भै अशं मुद्धा चलेको थियो ।
जग्गाको बिबादकै शंकामा सुखारी मल्लाह र कुशमा मल्लाहलाई अनुसन्धान गर्नका लागी जिल्ला प्रहरी कार्यालय कपिलवस्तु ल्याई खोज कार्य जारी रहेको प्रहरी निरीक्षक बिष्णु केसीले बताए ।













प्रतिक्रिया