२ कार्तिक २०८३, सोमबार

नब्बे किलो मासु नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

meat

काठमाडौँ, १७ भदौ । बजार अनुगमनका क्रममा आज पनि विभिन्न स्थानमा अनुगमनलाई तीव्र बनाइएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको सक्रियतामा गत साउन ३१ गतेदेखि निरन्तर रुपमा बजार अनुमगनलाई प्रभावकारी बनाइएको छ । दर्ता प्रमाणपत्र नभएको खुला रुपमा मासुको बिक्री वितरण गरेको जनाउँदै बालाजु मासु पसल र श्यामा मिट सप बालाजुलाई तीनभित्र दर्ता गरी विभागमा आउन निर्देशन दिइएको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिनुभयो ।

आज नै गरिएको अनुगमनका क्रममा मूल्यसूची नभएको, व्यवसाय नवीकरण नभएको, कम पुँजी राखी व्यवसाय सञ्चालन गरेको, लेबल नभएको र नापतौल यन्त्र प्रमाणीकरण नगरेको जनाउँदै मनकामना मार्केटिङ स्टोर गोङ्गबु र केसी चिकेन स्टोर गोङ्गबुलाई पनि आवश्यक कागजपत्र लिई तीन दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ ।

अनुगमनका क्रममा केसी चिकेन स्टोरमा खानका लागि अयोग्य कुखुराको ७२ किलो मासु र १८ किलो ससेज गरी जम्मा ९० किलो मासु नष्ट गरिएको छ ।

आज मात्रै विभागले चार स्थानमा अनुगमन गरेको छ । विभागले हालसम्म व्यवसाय, प्रतिष्ठान र व्यापारिक गरी ४२१ वटामा अनुगमन गरिसकेको मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आपूर्ति मन्त्रालयमा सरोकार भएका र खाद्य वस्तुसँग सम्बन्धित आयातकर्ता सङ्घसंस्थाका पदाधिकारीबीच बैठक बसी चाडबाडका समयमा उपभोक्तालाई सक्दो सहुलियत प्रदान गराउने विषयमा निर्णय भएको बताइएको छ । रासस