काठमाडौं, १७ भदौ । नेपाली सेनामा बढुवा भएका उपरथीहरुले शुक्रबार दर्ज्यानी चिन्ह पाएका छन् ।
मन्त्रिपरिषद्को विहीबार बसेको बैठकको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती भएका नेपाली सैनिक प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी दीपकप्रसाद भारती तथा युद्धकार्य निर्देशनालय, बलाधिकृत विभाग (व्य.यु.) का सहायक रथी देबेन्द्रबहादुर मेघासीलाई शुक्रबार जंगी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे ।
त्यसैगरी, उपरथी दर्जामा पदोन्नोती हुनु भएका उपरथी भारतीलाई दिपायलस्थित सुदूर पश्चिम पृतना हेडक्वाटरको पृतनापति तथा उपरथी मेघासीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको शिक्षाध्यक्षमा पदस्थापन गरिएको छ ।
सो अवसरमा प्रधानसेनापति क्षत्रीले महासेनानी ईश्वरकान्त मैनालीलाई सहायकरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।













प्रतिक्रिया