१९ कार्तिक २०८३, बिहिबार

प्रधानसेनापति क्षत्री किन जाँदैछन् फिलिपिन्स र दक्षिण कोरिया ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Chhetri

काठमाडौं, १७ भदौ । प्रधान सेनापति राजेन्द्र क्षत्रीको नेतृत्वमा ३ सदस्यीय भ्रमणदल मित्रराष्ट्र फिलिपिन्स तथा दक्षिण कोरियाको औपचारिक भ्रमणको सिलसिलामा भोलि शनिबार प्रस्थान गर्ने भएको छ ।

भ्रमणको क्रममा प्रधान सेनापति क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड र फिलिपिन्स सेनाको संयुक्त तत्वावधानमा फिलिपिन्सको मनिलामा दुई दिनसम्म संचालन हुने एसिया प्रशान्त क्षेत्रीय देशहरुको सैनिक प्रमुखहरुको बार्षिक सम्मेलन २०१६ तथा मित्रराष्ट्र दक्षिण कोरियाको सियोलमा रिपब्लिक अफ कोरिया आर्मीले आयोजना गर्ने तीन दिने प्रतिरक्षा सामाग्री प्रदर्शनीमा सहभागी हुनेछन् ।

उक्त अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी बलदेवराज महतले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् । सो भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री भदौ २६ गते स्वदेश फिर्ता हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।