१९ कार्तिक २०८३, बिहिबार

चीनबाट दुई सातापछि स्वदेश फर्किए एमाले बरिष्ठ नेता नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-nepalकाठमाडौं, १७ भदौ । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दुई साता लामो चीन भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएका छन् ।

बरिष्ठ नेता नेपाल इन्टरनेसनल बुद्धिस्ट सेन्टरको निमन्त्रणामा गत भदौ २ गते चीनको गोन्जाओ हुँदै चाङ्सा प्रान्त गएका थिए ।

चीनमा बरिष्ठ नेता नेपालले चीनले महत्वाकांक्षी योजनाका रुपमा अघि बढाएको वान बेल्ट, वान रोडसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुका साथै विभिन्न कार्यक्रम लगायत विभिन्न ठाँउको अवलोकल पनि गरेका थिए ।