२ कार्तिक २०८३, सोमबार

तीन करोड अठहत्तर लाख विद्युत् बक्यौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa

पाल्पा, १७ भदौ । विद्युत् प्राधिकरण पाल्पा शाखाको रु तीन करोड ७८ लाख ८८ हजार विद्युत् महसुल असुली गर्न बाँकी रहेको छ ।

तानसेन नगरपालिकाले आव २०७२-७३ मा नगरपालिकाभित्रका सडक बत्तीबापतको रु तीन करोड ११ लाख १२ हजार बक्यौता बाँकी छ । प्राधिकरणको २१९ ग्राहकलाई कालोसूचीमा राखेर कारबाही थालेको छ । लाइन काटेपछि पनि विद्युत् महसुल तिर्न नआउनेलाई कालोसूचीमा राखिएको हो । ती ग्राहकबाट रु ११ लाख ६५ हजार महसुल उठाउन बाँकी रहेको वितरण केन्द्र प्रमुख कपिलराज पाण्डेयले जानकारी दिनुभयो ।

जिल्लाका सरकारी कार्यालयले समयमै महसुल तिर्न आनाकानी गर्दै आएका छन् । कारागारले रु एक लाख ८१ हजार महसुल बाँकी छ । महसुल तिर्न बाँकी रहेकाको लाइन क्रमशः काट्दै जाने उहाँले बताउनुभयो । कार्यालयले महसुल नतिर्ने तीन सरकारी कार्यालयसहित १३ ग्राहकको विद्युत लाइन काटेको छ । उनीहरुबाट रु दुई लाख २७ हजार महसुल असुल भएको छ ।

सरकारी कार्यालयको समेत लाइन काट्न थालेको प्रमुख पाण्डेय बताउनुहुन्छ । अवैध रुपमा विद्युत् जडान गर्नेबाट प्राधिकरणले रु आठ लाख जरिवानाबापत असुल गरेको छ । रासस