१ कार्तिक २०८३, आइतबार

‘बृन्दावन’ दर्शकको चाहाना अनुसारकै छ : निर्देशक साने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajbahadur Saneनेपाली चलचित्र क्षेत्रमा राजबहादुर सानेले धेरै चलचित्र त दिएका छैनन् । तर जति चलचित्र दिएका छन् । ती चलचित्रका कारणले उनको नाम धेरैका मानसपटलमा बसेको भने पक्कै होला । ‘लाटी’बाट नेपाली चलचित्र निर्देशनमा डेब्यु गरेका सानेको दोस्रो चलचित्र ‘बृन्दावन’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । प्रस्तुत छ यी नै निर्देशक सानेसँग चलचित्रको विषयमा गरिएको छोटो कुराकानी

कस्तो बनेको छ ‘बृन्दावन’ ?

बृन्दावन साइन्स फिक्सनमा आधारित चलचित्र हो । राम्रो बनेको छ । बैज्ञानिकले आविस्कार गरेको कथा यसले देखाउन खोजेको छ ।

चलचित्रको प्रचारमा बादरलाई फोकस गरिएको छ नि ?

यो चलचित्रमा बादरको पनि मुख्य भूमिका छ । यो चलचित्रमा बादरको क्रियाकलाप अन्य मानिस सरह देख्न सकिन्छ । बादरले ल्यावमा कम्प्युटर चलाउनेदेखि अन्य अपत्यारिला काम गरेर दर्शकलाई चकित तुल्याएको छ ।

‘बृन्दावन’ कस्तो चलचित्र हो ?

मुलधारको कथा उठाएको र फरक विषयमा निर्माण भएको चलचित्र हो । चलचित्रको कथा सामान्य भए पनि प्राबिधिक तथा टेक्निकल्ली रुपमा यसलाई अन्य चलचित्र भन्दा फरक र उत्कृष्ट बनाउने कोसिस गरिएको छ ।

अन्य राम्रा चलचित्रसँग भिड्दै छ ,कस्तो होला जस्तो लागेको छ ?

यो चलचित्रमा एक्सन, संगीत र अन्य धेरै पक्ष सवल भएकोले राम्रो होला भन्ने लागेको छ । पचास प्रतिशतभन्दा बढी दृश्यमा एमिनेसन भएकोले चलचित्रप्रति आसावादी छु ।

यो चलचित्र कस्तो दर्शकका लागि बनाइएको हो ?

मजदुरदेखि अहिलेको शिक्षित बर्गसम्मले हेर्नुपर्ने चलचित्र हो यो ।

कति लगानी छ चलचित्रमा, अहिलेको परिस्थितिमा त्यो सुरक्षित होला त ?

नेपाली बजारमा चलचित्रको लगानी सुरक्षित भन्न सकिन्न । त्यसमा पनि मेरो चलचित्र एकसाथ धेरै चलचित्रसँग जुध्दै छ । चलचित्र राम्रो भएकोले लगानी सुरक्षितसम्म त होला भन्ने लागेको छ ।